ASTO Ni2

अब म बच्चा रहेनछु

अब म बच्चा रहेनछु

कहिल्यै नथाक्ने सपना बोकेर
सुत्ने दिनहरू
कहिले सकिए, थाहै भएन।

अब चाहनाभन्दा अघि
जिम्मेवारी उठ्छ,
र खेल्नुअघि
काम सम्झिन्छु।

थकाइ निद्राले होइन,
सोचले भारी हुन्छ,
र आराम
इनामजस्तै लाग्छ।

हासो त उही छ,
तर अब
मनबाट होइन—
अभ्यासबाट आउँछ।

सायद यही हो
ठूलो हुनु,
जहाँ सपना बाँच्न
पहिला आफू थाक्नुपर्छ।

Comments

Popular posts from this blog

ASTO Ni2 Gamer

ASTO Ni2 Gamer

About me