ASTO Ni2
अब म बच्चा रहेनछु
कहिल्यै नथाक्ने सपना बोकेर
सुत्ने दिनहरू
कहिले सकिए, थाहै भएन।
अब चाहनाभन्दा अघि
जिम्मेवारी उठ्छ,
र खेल्नुअघि
काम सम्झिन्छु।
थकाइ निद्राले होइन,
सोचले भारी हुन्छ,
र आराम
इनामजस्तै लाग्छ।
हासो त उही छ,
तर अब
मनबाट होइन—
अभ्यासबाट आउँछ।
सायद यही हो
ठूलो हुनु,
जहाँ सपना बाँच्न
पहिला आफू थाक्नुपर्छ।

Comments
Post a Comment