ASTO Ni2
अब म बच्चा रहेनछु अब म बच्चा रहेनछु कहिल्यै नथाक्ने सपना बोकेर सुत्ने दिनहरू कहिले सकिए, थाहै भएन। अब चाहनाभन्दा अघि जिम्मेवारी उठ्छ, र खेल्नुअघि काम सम्झिन्छु। थकाइ निद्राले होइन, सोचले भारी हुन्छ, र आराम इनामजस्तै लाग्छ। हासो त उही छ, तर अब मनबाट होइन— अभ्यासबाट आउँछ। सायद यही हो ठूलो हुनु, जहाँ सपना बाँच्न पहिला आफू थाक्नुपर्छ।