ASTO NI2
संघर्षको बाटोमा ✨ संघर्षको बाटोमा ✨ संघर्षको बाटोमा हिँड्दै, बाँच्यो भने प्रगति, मरे सबैको खास। भविष्यको आशमा, वर्तमानको नाश। जिन्दगीको दौडमा, समयले गर्यो त्रास। भोलिको खोजीमा, हरायो आजको सास। कसैले देख्छन् सफलता, कसैले हार। उठ्ने कोसिस गर्दै छु म, दिनरात बारम्बार। यदि सफल भए उड्नेछु 🕊️ सफलताको आकाशमा। ☁️ नत्र भने बन्नेछु, सम्झनाको इतिहासमा। हिजोले घाउ दियो धेरै, आजले सिकायो पाठ। एक दिन लेख्नेछ समयले, मेरो पनि सफलताको बात। यदि सफल भए उड्नेछु 🕊️ सफलताको आकाशमा। ☁️ असफल भए बन्नेछु, सम्झनाको इतिहासमा... ✨